• शनिबार, साउन ९ २०८३

द्रब्यशाहको मानविकी विभागले गर्यो जेष्ठ नागरिकलाई सम्मान


सोमबार, असोज १५ २०८०
2.3K
Shares

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसको मानविकी विभागले जेष्ठ नागरीकहरुलाई सम्मान गरेको छ ।

आइतवार जेष्ठ नागरीक दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ उनीहरुको अनुभव आदानप्रदान तथा सम्मान गरिएको हो ।

सो क्रममा जेष्ठ नागरिकहरुले आफ्नो जीवनका भोगाईका क्रममा विभिन्न पक्षहरु साथै सामाजिक विकास लगायतमा आफुहरुले संगालेका अनुभावहरु सुनाएका थिए । त्यस्तै क्याम्पसको इतिहास र अहिलेको अवस्थामा आएको परिर्वतनको बारेमा जानकारी दिएका थिए ।

विभागीय प्रमुख एकदेब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरीक संघको उपाध्यक्ष डिलबहादुर बस्नेत, द्रव्यशाह क्याम्पस प्रमुख रामचन्द्र दवाडी, क्याम्पसको स्थानीय सहयोग समिति सदस्य शिव के।सी क्याम्पसका प्राध्यापक, विद्यार्थी र सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार