• शनिबार, साउन ९ २०८३

विशेष बजेट ल्याएर भएपनि स्वास्थ्यकर्मीकाे दरबन्दी बढाउँछु : स्वास्थ्यमन्त्री बस्नेत


सोमबार, असोज १५ २०८०
2.1K
Shares

काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने घोषणा गरेका छन् ।

आज सोमवार काठमाण्डाैमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे बताएका हुन् । उनले कसैको कुरा नसुनी अहिले गाउँमा पनि चिकित्सकहरू पठाएको र यो काम नेपालको इतिहासमै पहिलो पटक भएको दाबी गरे । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा सरकार लागिरहेको र त्यसका लागि विशेष बजेट ल्याउने पनि मन्त्रि बस्नेतले बताए ।

‘दुर्गम ठाउँमा डाक्टर, स्वास्थ्यकर्मी छैनन् । मैले कसैको कुरा नसुनेर गाउँमा स्वास्थ्यकर्मी पठाइदिएको छु । यो इतिहासमै पहिलो पटक हो नेपालमा । दरबन्दी एक चौथाइ मात्रै छ । चाँडै भन्दा चाँडै दरबन्दी बढाउने कुरामा लागिरहेको छु ।’ उनले भने ‘पैसा विनियोजन छैन, विशेष बजेट ल्याएर भने पनि गर्ने हो । संविधानमा लेखिएजस्तै हामीले काम गर्नुपर्छ । गरिब र विपन्न भएकै कारण उपचार गर्न नसक्ने कोही मान्छे फेला पारे मलाई जिम्मा लगाइदिनुस्, म निःशुल्क उपचार गर्छु । हामी सुधारको प्रक्रियामा लागेका छौँ ।’

मन्त्री बस्नेतले अहिंसात्मक माध्यम र तरिक अपनाउन नसके समाजमा राम्रो नहुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार