गोरखा । भारतबाट आएका सिरानचोकका १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १० देखि १६ गतेसम्ममा भारतबाट आएर सिरानचोकका बिभिन्न क्वारेन्टिनमा बसेका १३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
उनिहरुको स्वाव संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको गुरुङले बताए ।
रिपोर्ट आएका मध्य आहाल भञ्ज्याङ मावी थालाजुङको क्वारेन्टिनमा रहेका २ जना, जनज्योती मावि चिप्लेटीमा रहेका ५ जना, हिमाली मावि गाँखुमा रहेका ६ जना रहेको गाउँपालिकाले जनाएको छ ।
उनिहरुको गत जेठ २२ गते स्वाव संकलन गरी परिक्षणका पठाइएको थियो । पिसिआर परिक्षणमा नेगेटिभ आएका १३ जनालाई भोली (बुधबार) विदाई गरी होम कवारेन्टिनमा पठाउने गाउँपालिकाको तयारी छ ।
सिरानचोकमा हालसम्म २२ जना भारतबाट आएका छन् । तर ९ जनाको भने पिसिआर परिक्षण गर्नै बाँकी रहेको अध्यक्ष गुरुङको भनाई छ । उनिहरुमध्ये ७ जनाको आरडिटी परिक्षण भइसकेको र सबैको रिपनेर्ट नेगेटिभ आएको समेत उनले बताए ।
पिसिआर परिक्षण बाँकी रहेका ९ जनाको केहि दिनपछि स्वाव संकलन गरी परिक्षणका लागि पठाउने गाउँपालिकाले तयारी गरेको छ ।