• शनिबार, साउन ९ २०८३

नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशम चौधरीलाई


सोमबार, असोज १५ २०८०
3.1K
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिइएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि पार्टीको कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।

रञ्जिता चौधरी अध्यक्ष रहेको उक्त पार्टीको बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकको जिम्वेवारी समेत चौधरी दिइएको छ । रञ्जिता रेशमकी श्रीमती समेत हुन् ।

पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार