गोरखा । गोरखा सदरमुकाममा निर्माण गरिने भनिएको एक सय बेडको आइसोलेसनका लागि गोरखा क्याम्पसको भवन छनौट गरिएको छ ।
सोमबार गोरखामा भएको सर्वपक्षिय बैठकले १ सय ६५ मध्ये एक सय बेडको क्वारेन्टिन सहितको आइसोलसन गोरखा नगरपालिका क्षेत्र भित्र निर्माण गर्ने निर्णय गरेको थियो ।
मंगलबार राजनैतिक दल सहित सरोकारवालाहरुको स्थलगत अनुगमन तथा निरिक्षण पश्चात बैठक बसी गोरखा क्याम्पसको भवनमा एक सय बेडको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको हो ।
निर्माण गरिने सो आइसोलेसन क्षेत्रको सुरक्षाकाे जिम्मेवारी भने नेपाली सेनालाई जिम्मा दिइएको छ ।
आजैदेखि सो क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीको टोली खटाइने जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।