काठमाण्डौ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गरेका हुन् ।
मन्त्रिपरिषदबाट पारित भई यसअघि नै संघीय संसदमा दर्ता भएको विधेयक मन्त्री राइले प्रतिनिधि सभामा पेश गरेका हुन् ।
विधेयकको बिरोधमा शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि विधेयक संशोधनका क्रममा माग सम्बोधन गर्न सरकारले दुइ पटक सहमति गरेको थियो ।