काठमाण्डाै । सरकारले सुन तस्करीबारे छानबिनका लागि डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोगको सदस्यमा किशोरङ्ग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
आयोगले सुन तस्करी सम्बन्धमा अध्ययन गरी तीन महिना भित्र प्रतिवेदन सरकारलाई बुझाउन समय दिइएको छ ।
सरकार र प्रमुख प्रतिपक्षी नेकपा एमाले बिच सुन तस्करीबारे अध्ययन र छानबिन गर्न आयोग गठन गर्ने बिषयमा आज बिहान सहमती भएको थियो ।