• शनिबार, साउन ९ २०८३

आकस्मिक मन्त्रिपरिषद बैठक बस्दै

पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी


आइतबार, असोज १४ २०८०
1.7K
Shares

काठमाडौँ । आकस्मिक मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि सम्बन्धमा तथा सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे छलफल हुनेछ ।

यस अघि पेट्रोलियम पदार्थको मुल्यबृद्धिप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाउदै निगमका पदाधिकारीसँग सोधपुछ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार