• शुक्रबार, भाद्र १९ २०८३

नेपालमा कोरोनाका बिरामीकाे संख्या ४ हजार नाघ्यो, आजमात्रै थपिए ३२३ संक्रमित


मंगलबार, जेष्ठ २७ २०७७
810
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जना कोरोना भाइरसका संक्रमितहरु थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको बताए।

संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।

कोरानालाई जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार