• शनिबार, साउन ९ २०८३

अमेरिका र चिनकाे भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता


शनिबार, असोज १३ २०८०
1.7K
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका र चीनको भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकोको न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् ।

६ असोजमा हान्झाउमा चिनियाँ राष्ट्रपति सी जिनफिङलाई भेटेका उनले भोलिपल्ट समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।

द्विपक्षीय भेटवार्तापछि विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि भने प्रचण्ड चीनका विभिन्न ठाउँमा घुमेर आज स्वदेश फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधान मन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पर्यटनमन्त्री सुदन किरातीलगायतले स्वागत गरेका छन् ।

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै उनले विगतमा भएका समझदारीहरूको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता पनि चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार