• मंगलबार, असोज १३ २०८३

कोरोनाका बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना, ५ संक्रमित घाइते


मंगलबार, जेष्ठ २७ २०७७
935
Shares

अर्घाखाँची। कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच संक्रमित घाइते भएका छन्।

सन्धिखर्क नगरपालिका ७ चन्द्रप्रभा माविको क्‍वारेन्टाइनबाट कोरोना संक्रमित लिएर वडा नम्बर १ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजिकै लु१च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

घाइते पाँचै जनाको  हटारीनेटाको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव बुढाथोकीले जानाकारी दिए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार