काठमाडौँ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै चैत पहिलो सातादेखि परीक्षा हुने जनाएको हो ।
चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्त सम्ममा गरिने जनाएको छ ।
त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत हुनेछ ।
त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिका छ ।
साथै २०८१ साउनको तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ ।