• शनिबार, साउन ९ २०८३

आन्दोलनरत राहत शिक्षक र सरकार बिच सहमति: सबै आन्दोलनका कार्यक्रम स्थगित


शुक्रबार, असोज १२ २०८०
3.3K
Shares

काठमाडौं । आन्दोलनरत राहत तथा बालविकास शिक्षक र सरकारबीच सहमति भएको छ । आज शुक्रवार सरकारसग सहमती भएस‌गै शिक्षहरुको आन्दोलन फिर्ता लिएका छन् ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार