गोरखा । लकडाउनको ७७ दिनपछि मंगलबारदेखि गोरखाका बजारहरु खुलेका छन् ।
कोरोना भाइरसको जोखिम र संक्रमण फैलिन सक्ने भन्दै सरकारले घोषणा गरेको लकडाउनको ७८ औ दिनमा आंशिक रुपमा बजार खोल्ने प्रशासनले निर्णय गरेको हो ।
सोमबार गोरखा सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको आयोजनामा ११ वटै स्थानीय तहका प्रमुख सहितको सर्वपक्षिय बैठकबाट होटल, रेष्टुरेन्ट, मदिरा पसल लगायत बाहेक अन्य ब्यवसायहरु खोल्ने निर्णय भएको हो ।
बैठकको निर्णय नम्बर ४ ले बजार खोल्ने निर्णय गरेको हो ।
हेर्नुस यस्तो छ निर्णय
निर्णय नं. ४
संक्रामक रोग ऐन, २०२० बमोजिम जारी भएको आदेशको ७६औ दिन पुग्दा आम जनमानसबाट अति आवश्यक बाहेकका आवश्यकीय सामग्रीको अभावले जनजिवन अति प्रभावित भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दै नेपाल सरकारबाट जारी आदेश बमोजिमको बन्दाबन्दीको बर्खिलाप नहुने गरी मादक पदार्थ, सूर्तिजन्य पदार्थ, होटल,लज, रेस्टुरेन्ट बाहेकका आवश्यकीय सामग्रीका पसल व्यवसायीक संघ संस्था संग समन्वय गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी गराई उपभोक्ताले आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाउने ।