• शनिबार, साउन ९ २०८३

प्रहरीले बल प्रयोग गरेको भन्दै सशक्त आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी


बिहिबार, असोज ११ २०८०
2.5K
Shares

काठमाडौँ । राहत लगायतका आन्दोलनरत शिक्षकहरूले प्रहरीले बल प्रयोग गरेको भन्दै सशक्त आन्दोलनगर्ने शिक्षकहरूको चेतावनी दिएका छन् ।

शिक्षक हरुले बुधबार दिउँसो आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै विद्यालय बन्दगरेर आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी दिएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा बाल विकास, पेन्सन वञ्चित, साबिक उच्च मावि, विद्यालय कर्मचारी लगायतका शिक्षक कर्मचारी आन्दोलनमा छन्। आन्दोलनकै क्रममा आज प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । सोही क्रममा केही शिक्षक घाइते भएका छन्।

राज्यले समस्या समाधान गर्नुको साटो प्रहरी लगाएर आन्दोलन निस्तेज पार्ने काम गरिरहेको उनीहरूको आरोप छ।

समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले जारी गरेको विज्ञप्तिमा असहज परिस्थिति सिर्जना गरिए देशभरका विद्यालय बन्द गरेर आक्रामक ढंगबाट आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए।

त्यस्तै पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले समेत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। समितिले एक सर्कुलर जारी गर्दै भोलिबाट टाउकोमा कालोपट्टी बाधेर आन्दोलनमा सरिक हुन भनेको छ।

बाल विकास शिक्षकहरूले समेत आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो। आन्दोलनमाथि राज्यले दमन गर्ने नीति ल्याएको भन्दै देशभरका विद्यालय बन्द गरेर आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको हो।

आज दिउँसो माइतीघर मण्डलादेखि बानेश्वर जाने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो। अत्यधिक संख्यामा शिक्षक कर्मचारी उपस्थित भएपछि ३ वटा लेन हुँदै जाने क्रममा प्रहरीले लाठीचार्ज गरेको उनीहरूको आरोप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार