काठमाडाैं । मधेस र लुम्बिनी प्रदेश सरकारले इस्लाम धर्ममा प्रवर्तक हजरत माेहम्मद सल्लल्लाहाे अलैही ओसल्लमकाे जन्मदिनका अवसरमा बिहिबार सार्वजनिक बिदा दिएकाे छ।
मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारकाे गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गरी पैगम्बर मोहम्मदको १४९८ औं जन्माेत्सवका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।