• शुक्रबार, साउन ८ २०८३

गोरखाको घैरुङमा ५० लाख लागतमा चुलेभिर भ्यूपार्क निर्माण


बुधबार, असोज १० २०८०
3.8K
Shares

गोरखा । शहिद लखन गाउँपालिका ६ घैरुङमा ५० लाख लागतमा चुलेभिर भ्युपार्क निर्माण भएको छ । गाउँपालिकाको ४० लाख र प्रदेश सरकार अन्र्तगत १० लाख गरी ५० लाख लागतमा उक्त भ्यूपार्क निर्माण भएको हो ।

उक्त ठाउँ समुन्द्री सतहदेखि १४ सय मिटर उचाइमा अवस्थित छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, पर्यटन प्रर्वद्धन गर्न र गाउँपालिकाको चिनारी प्रर्दशन गर्न भ्युपार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

गाउँपालिकाले २०७६/०७७ देखि निर्माण सुरु गरेको थियो । क्रमागत रुपमा २० लाख र ३ पटक १०/१० लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

‘भ्युपार्क सम्म जानको लागि सीढी, शौचालय, पिक्निक स्पोर्ट निर्माण गरेका छौ,’ उनले भने,‘उत्तर तिर बिभिन्न हिमशृंखला र नजिकका जिल्लाका बिभिन्न भुभागहरुको मनोरम दृश्य देख्नका लागि राम्रो ठाउँ बनेको छ ।’ दृष्यावलोकन गर्न आउने पर्यटकले स्थानिय परिकारहरुको समेत खान पाउने छन् ।

भ्युपार्क पर्यटकीय गन्तव्यको रुपमा विकास हुने उनको भनाई छ । ‘सो ठाउँमा होमस्टे समेत निर्माण भइरहेको छ, यसले चलुे भिरमा घुम्न आउने पर्यटकलाई त्यहाँ खान बस्नमा टेवा पुग्ने छ’ उनले भने ।

ऐतिहासिक महत्व बोकेको भ्युपार्क जिल्ला भित्रकोमात्र नभइ जिल्ला बाहिरको मानिसहरु पनि घुम्न आउनको लागि उपयुक्त रहेको स्थानीयवासी कृष्ण गुरुङले बताए ।

‘बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा चुलेभिर भ्युप्वाइन्ट विकास भइरहेको छ,’गुरुङले भने,‘त्यहाँको रमणीय दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने छन् ।’

यससगैं चुलेभिर भ्युप्वाईन्टको प्रचारप्रसार पनि आवश्यक देखिएको उनले बताए । सो क्षेत्रमा अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टक आउने क्रम बढ्दै गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार