काठमाडौं । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल अस्पताल, पोखरामा चिकित्सक माथि हातपात भएपछि अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको छ ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको निधन भएपछि आक्रोशित आफन्तजनले उपचारमा संलग्न चिकित्सक डा अनिल शाहमाथि हातपात गरेका हुन्।
दिनभर कुराएर बिरामीलाई के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात गर्दै अस्पताल तोफोड गरेका हुन् । उनिरुले अस्पतालका केही सीसा फुटाएका छन् ।
डाक्टर कुटिएको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरु पनि कुट्ने व्यक्तिलाई कारवाहीको माग गर्दै आन्दोलित भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो ।
स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।