• शनिबार, साउन ९ २०८३

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर


सोमबार, असोज ८ २०८०
1.4K
Shares

काठमाडौं । नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारी हरुद्धारा १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

दुवै प्रधानमन्त्री विच ग्रेट हल अफ दि पिपुलमा भएको द्विपक्षीय वार्तापछि १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

द्विपक्षीय वार्ताको क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङ्ले प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको वार्ता फलदायी भएको बताए ।

नेपाल चीनसम्बन्धमा राष्ट्रपति सी को २०१९ को नेपाल भ्रमणदेखि नयाँ उचाइ थपिएको बताउदै नेपालको विकासका लागि सहकार्य गर्न चीन सदैव तत्पर रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल हाल आर्थिक विकासमा केन्द्रित रहेको बताए ।

भेट अघि चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनर प्रदान गरेको थियो । प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार