काठमाडौँ । सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको पुरानो भवन डुवानमा परेको छ ।
आज विहान परेको पानिका कारणअस्पताल डुवानमा परेको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठालगायतमा अन्य वार्डमा पानी भरिएको छ ।
वार्डमा पानि भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइनो वार्डपनि डुवानमा परेका छन् वार्डमा घुँडासम्म पानी पुगेको छ ।
बर्षका कारण अस्पताल वरपरका घर पनि डुवानमा परेका छन् ।