• शनिबार, साउन ९ २०८३

चार पटकभन्दा बढी मौका परीक्षाको माग गर्दै एमबीबीएसका विद्यार्थी संसदीय समितिमा


सोमबार, असोज ८ २०८०
5.5K
Shares

काठमाडौं । चार पटकभन्दा बढी मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीबीएसका विद्यार्थी संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा पुगेका छन् ।

पाँच वर्षको कार्यक्रममा दोस्रो वर्षमा चार पटकभन्दा बढी मौका परीक्षा दिन पाउनुपर्ने उनीहरूले माग गरेका छन् ।

मौका परीक्षा दिन नपाए आफूहरूले पाँच वर्षका लागि तिरेको शुल्क फिर्ता पाउनुपर्ने उनीहरूको माग छ ।

समिति बैठकमा चिकित्सा शिक्षा अध्यक्ष संस्थानका सहायक डिन प्रेम ज्ञवालीले विद्यार्थीको गुणस्तर मापनका लागि ब्यारियर सिस्टम राखेकाले चार पटकभन्दा बढी मौका परीक्षा व्यवहारिक नहुने बताए ।

कोरोना महामारीका कारण तीनसय बढी पुराना विद्यार्थी पीडित भएको विद्यार्थीको गुनासो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार