काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो।
आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ। यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन्।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।