न्यायाधीशले कुनै अपराधीलाई मृत्युदण्डको सजाय सुनाइसकेपछि आफ्नो कलमको टुप्पो भाच्ने गर्दछन् भन्दा तपाइलाई आश्चर्य लाग्न सक्छ । फिल्ममा यदाकदा देखिने यो दृष्य वास्तविक हो ।
नेपालमा मृत्युदण्डको सजाय सम्बन्धी व्यवस्था नभएपनि भारत लगायत अन्य देशका न्यायाधीशहरूले मृत्यदण्ड को फौसला लेखेको कागजमा सहि गरेपछि प्रयोग गरिरहेको कलमको टुप्पो भाँच्ने चलन छ ।
किन भाचिन्छ कलमको टुप्पो ? हेरौ यस पछाडिका केहि रोचक तथ्य
– मृत्युदण्डकोे फैसलामा सही गरिसकेपछि न्यायाधीशले सोही कागजमा दबाएर कलमको टुप्पो भाच्नु प्रतीकात्मक सन्देश हो । आफ्नो कलमबाट कसैको ज्यानै लिने मृत्युजस्तो अन्तिम फैसला लेखेपछि फेरि त्यस्ता फैसला लेख्न नपरोस भनेर टुप्पो भाँच्ने गर्दछन् ।
– मृत्युको फैसला लेखेको कलमले अन्य फैसला गर्न नहुने मान्यता बमोजिम कमको टुप्पो भाँच्ने गर्दछन् ।
– अबदेखि मृत्युदण्डको फैसला गर्नु नपरोस् र यस्ता खालका जघन्य अपराध नहोउन् भनेर कलमको टुप्पो भाँच्ने गरिन्छ ।
– न्यायाधीशहरूले मृत्युदण्डको फैसला गरेपछि समीक्षा गरि परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको कतिपयको तर्क रहेको छ ।
– कुनै व्यक्तिको जिवन समाप्त पार्ने फैसला लेख्ने कलमको मानिस सँगै अन्त्य होस् भन्नका लागि पनि यसो गर्ने गरिन्छ ।
– व्यक्तिको जिवन अन्त्यको फैसला गरेपछि दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ । र मृत्युदण्ड को फैसला गरेपछि उक्त दिन न्यायाधिषले अन्य मुद्दाको फैसला नगर्ने चलन समेत रहेको छ ।