• शुक्रबार, साउन ८ २०८३

काेराेना संक्रमित देखिन थालेपिछ गोरखामा सर्वपक्षिय बैठक ! हेर्नुस के के भयो निर्णय


सोमबार, जेष्ठ २६ २०७७
1.3K
Shares

गाेरखा । एकै दिन १० जना काेराेना भाईरसका संक्रमित देखिएकाे भाेलीपल्ट आज साेमबार गाेरखामा सर्वपक्षिय बैठक सम्पन्न भएकाे छ ।

आइतबार प्रहरी हिरासतमा रहेका एक र गण्डकी गाउँपालिकाका ९ गरी १० जनामा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय गाेरखाकाे आयाेजनामा ११ वटै स्थानीय तहका प्रमुख सहित सराेकारवालाहरुकाे बैठक भएकाे हाे ।

बैठकबाट गोरखा सदरमुकाम सहित जिल्लाका बिभिन्न स्थानमा गरी १६५ बेडकाे आइसाेलेसन कक्ष निर्माण गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै नेपाल सरकारबाट जारी लकडाउन आदेशको बर्खिलाप नहुने गरी मदिराजन्य, सूर्तीजन्य, होटल, लज, रेष्टुरेण्टबाहेकका पसल खुलाउने निर्णय भएको छ ।

यसैगरी बैठकबाट बन्दाबन्दीका कारण काठमाडौंलगायत बिभिन्न ठाउँमा अलपत्र परेका तथा गोरखामा अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउँमा जाने आउने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि भएकाे छ ।

बैठकबाट अरु के के भयाे निर्णय ? हेर्नुस विस्तृतमा

निर्णय नं १
कोरोना भाइरसको संभावित संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा जिल्ला भित्र भए गरेका क्रियाकलापहरुको समिक्षाका साथै यस भन्दा अगाडीका बैठकको निर्णयहरुको कार्यान्वयनको समेत समिक्षा गरियो ।

निर्णय नं २
कोभिड - १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण भारत लगायत अन्य देशमा समेत अलपत्र परेका जिल्लावासीहरु ठुलो संख्यामा जिल्ला भित्रि रहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गराउने सन्दर्भमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सहयोगमा स्थानीय तहबाट व्यवस्थापन भइरहेको र आवश्यकतानुसार कोभिड १९ को परिक्षणको दायरा पनि फराकिलो पारी परीक्षणमा बृद्धि भइरहेको छ । यसै क्रममा भारतबाट आएका ८ जना, काभ्रेवाट आएका १ जना र ज।ज।क। मुद्धामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका १ जना गरी १० जनालाई कोभिड १९ को संक्रमण पुष्टि भई उनीहरुलाई सदरमुकाम ल्याई गोरखा अस्पतालको आइसोलेशनमा राखी उपचार भईरहेको छ यी सवै व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको Contract Tressing गरी सम्बन्धित सवैको परीक्षणको व्यवस्था मिलाउने कार्य भईरहेको छ । यसै सन्दर्भमा परीक्षणको क्रम बृद्धि हुदैँ गर्दा संक्रमण पुष्टि हुने, क्रम पनि बढ्न सक्ने भएकोले जिल्लाभित्र देहाय अनुसार गर्ने गराउने निर्णय गरियो ।

क) गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री ज्यूले मिति २०७७।०२।२३ गते ११ वटै जिल्लाका CCMC पदाधिकारी बिचको भिडियो कन्फरेन्स बैठकमा गर्नुभएको निर्देशन, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च।नं। १४८८,मिति २०७७।०२।२० को पत्रानुसार संभावित संक्रमणको आकलन गर्दा १६५ बेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड तत्कालै निर्माण गर्न आवश्यक रहेको हुदाँ प्रदेश सरकार र जिल्ला भित्रका स्थानीय तहको लागत सहभागितामा निम्न स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण गर्न Drawing,Design र Cost Estimate गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने ।

-प्राथामिक स्वास्थ्य केन्द्र आरुघाट र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यकर्मीको निग्ररानीमा आरुघाट गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी उपयुक्त स्थानमा १० बेड क्षमताको क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण गर्ने ।
- प्राथामिक स्वास्थ्य केन्द्र मकैसिंङ र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यक्रमीहरुको निगरानीमा गण्डकी गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तीमा १० वेड क्षमताको उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने ।
-प्राथामिक स्वास्थ्य केन्द्र जौवारी र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यकर्मीहरुको निगरानिमा सिरान्चोक गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तीमा १० बेड क्षमताको उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने ।
- आपँपिपल सामुदायिक अस्पताल र त्यस क्षेत्रका स्थानिय तहका स्वास्थ्यकर्मीहरुको निगरानीमा पालुङटार नगरपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तिमा १० वेड क्षमताको उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने ।
- जिल्ला अस्पताल गोरखामा अस्पतालबाटै २५ वेड क्षमताको आइसोलेशन निर्माण गरी परीक्षणको नतिजा बमोजिम ःMild र Moderateलक्षण भएका संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाउने वल्ड क्यापिटल स्कुल र सरोकारवालासंग समन्वय गरी गोरखा सदरमुकामको उपयुक्त स्थानमा १०० बेडको आइशोलेशन वार्ड निर्माण गर्ने । सो वार्डमा रहेका व्यक्तिहरुको उपचारको व्यवस्था गोरखा अस्पतालको समन्वयमा र व्यवस्थापन कार्य व्यवस्थापन समिति मार्फत गर्ने व्यवस्था मिलाउने ।

ख) भारत लगायत अन्य देशमा अलपत्र नागरिकको आवागमन व्यवस्थापन, क्वारेन्टाइन सहितको आइसोलेशन वार्डको निर्माण र व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहबाट रु। ५ लाखको दरले रकम जम्मा गरी जिल्ला स्तरीय कोभिड१९ व्यवस्थापन कोष खडा गर्ने । यस अघि निर्णय भई प्राप्त भएको रकम समेत सोहि कोषमा राख्ने व्यवस्था मिलाउने ।

ग) प्रकरण “ख” बमोजिमको कोष संचालनका लागि निम्नानुसारको आइसोलेशन एवं कोष व्यवस्थापन समिति गठन गर्ने, व्यवस्थापन समितिको नियन्त्रण र निर्देशनमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तोकिएको लेखापाल र व्यवस्थापन समितिको सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता संचालन गरी नियमानुसार आ।ले।प। तथा अन्तिम लेखापरिक्षण गराउने व्यवस्था मिलाउने ।
व्यवस्थापन समितिस्
-संयोजक जिल्ला समन्वय समितिका प्रमुख ।
-सदस्य नगरपालिका तथा पालिकाका प्रमुख ।
-सदस्य सहायक प्रमुख जिल्ला अधिकारी ।

घ)प्रकरण “क” बमोजिम स्थापित आइसोलेशन वार्डमा रहेका कोभिड(१९ संक्रमितहरुको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत “कोभिड(१९” केशको आइसोलेशन व्यवस्थापन सम्बन्धि निर्देशिका” बमोजिम व्यवस्थापन गर्ने ।

)प्रस्तावित क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापनमा २४ सै घण्टा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सवारी चालकहरु समेतलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु उक्त कोषबाटै व्यवस्थापन गर्ने ।

निर्णय नं ३
कोभिड१९ परीक्षणका लागि RDT तथा PCRपद्धतिबाट परीक्षण गर्न RDT TEST KIT  र VTM पटक पटक माग गर्दा समेत संघ तथा गण्डकी प्रदेश सरकारबाट आवश्यक मात्रामा प्राप्त हुन नसकेको हुदाँ पुन माग गरी जिल्ला भित्र क्वारेन्टाइनमा रहेकाहरुको PCRपद्धतिबाट परीक्षण गरी नतिजाको आधारमा व्यवस्थापन गर्ने निर्णय गरियो ।

निर्णय नं ४
संक्रामक रोग ऐन, २०२० बमोजिम जारी भएको आदेशको ७६औ दिन पुग्दा आम जनमानसबाट अति आवश्यक बाहेकका आवश्यकीय सामग्रीको अभावले जनजिवन अति प्रभावित भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दै नेपाल सरकारबाट जारी आदेश बमोजिमको बन्दाबन्दीको बर्खिलाप नहुने गरी मादक पदार्थ, सूर्तिजन्य पदार्थ, होटल,लज, रेस्टुरेन्ट बाहेकका आवश्यकीय सामग्रीका पसल व्यवसायीक संघ संस्था संग समन्वय गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी गराई उपभोक्ताले आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाउने ।

निर्णय नं ५
भारत लगायत अन्य देशबाट आइ आफ्नो खर्चमा होटल क्वारेन्टाइन तथा कोभिड १९परीक्षणको नतिजा पोजेटिभ भए पनि कुनै पनि खालका लक्षण नभएका व्यक्तिहरु होटेल आइसोलेशनमा बस्न चाहेमा उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, होटल संघसंगको समेत समन्वयमा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको रकम भुक्तानी गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड तथा स्वास्थ्यक्रमीको टेलि निग्ररानीमा रहि बस्ने सक्ने व्यवस्था मिलाउने ।

निर्णय नं६
जिल्ला भित्र कोभिड(१९ को संक्रमणको कारणबाट कोहि कसैको निधन हुन गएमा उक्त शव सद्गत गर्ने उपयुक्त स्थानको छनौट सम्बन्धित पालिकाले गर्ने र शव व्यवस्थापनको कार्य “शव व्यवस्थापन सम्बन्धि प्रोटोकल २०७७” बमोजिम स्थानिय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने गराउने व्यवस्था मिलाउने ।

निर्णय नं ७
निर्णय नं। ३ को खण्ड क बमोजिम जिल्ला सदरमुकाममा स्थापित हुने क्वारेन्टाइन सहितको आइसोलेशन स्थलको निर्माण सहयोग , समन्वय र सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायबाट गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरियो ।

निर्णय नं ८
बन्दाबन्दीका कारण काठमाण्डौबाट गोरखा आउन नपाएका अलपत्र परेका र काठमाडौमा बसोबास उद्योग, व्यापार, व्यवसाय गरी रहेका तर बन्दाबन्दीका कारण गोरखामा रहि काठमाडौँ जान नपाई समस्यामा परेको गोरखावासीहरुलाई काठमाडौ जान र अलपत्र परेकालाई काठमाडौबाट सहज रुपमा ल्याउने प्रयोजनको लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार