• शुक्रबार, साउन ८ २०८३

गोरखामा प्यान नम्बर लिनेको संख्या ३० प्रतिशतले घट्यो


बिहिबार, असोज ४ २०८०
1.2K
Shares

जिल्लामा स्थायी लेखा नम्बर (प्यान) नम्बर लिनेको संख्या ३० प्रतिशत घटेको छ ।

करदाता सेवा कार्यालय गोरखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९ को साउन देखिको २०८० को असार मसान्त सम्ममा ४ हजार एक सय २३ जनाले प्यान नम्बर लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ९२० जना नयाँ करदाता थपिएका थिए ।

आ.व २०७८/०७९ को तुलनामा २०७९/०८० मा १ हजार ७९७ अर्थात ३० प्रतिशत कमले प्यान कार्ड लिएको कायार्लयका सूचना अधिकारी रोशन कुमार कुशवाहाले जानकारी दिए । आ.व २०७९/०८० मा मदिरा र सुर्तिजन्य कारोबार गर्नका लागि इजाजत पाएका ३६ फर्मले अन्तशूल्क कर सम्बन्धी प्यान बनाएका छ ।

यसैगरी १ हजार १८१ जनाले आयकर, २ हजार ६७२ जनाले व्यक्तिगत प्यान, ६४ जनाले भ्याट र १ सय ७० जनाले डब्लूप्यान लिएको उनले बताए । डब्लू प्यान सरकारी कायार्लय, सघं सस्थाले लिने प्यान हो ।

कुशवाहाका अनुसार आ.व २०७८/०७९ मा मदिराजन्य कारोबार गर्नका लागि इजाजत पाएका ३३ फर्मले अन्तशूल्क कर सम्बन्धी प्यान बनाएका थिए । यसैगरी १ हजार ८९६ जनाले आयकर, ३ हजार ८ सय २८ जनाले व्यक्तिगत प्यान, १ सय १ जनाले भ्याट र ९५ वटा डब्लूप्यान लिएको उनले बताए । आर्थिक २०७७/०७८ मा जम्मा २ हजार ३९९ जनाले स्थायी लेखा नम्बर लिएका थिए ।

४५ जनाले अन्तशल्क कर, २ हजार ७ सय ९२ जनाले आयकर, १ हजार ४ सय ९ जनाले व्यक्तिगत प्यान, १ सय २८ जनाले भ्याट र २३ वटा डब्लू प्यान लिएको उनले जानकारी दिए ।

यसैगरी आ.व २०७६/०७७ स्थापना भएको उक्त कार्यालयले पहिलो वर्ष ३ हजार ५२५ वटा प्यान नम्बर वितरण गरेको थियो ।

आ.व २०७६÷०७७ मा ३२४ वटा अन्तशल्ुक, २ हजार ९८६ आयकर, २४ व्यक्तिगत व्यान, १८९ भ्याट र २ वटा डब्लू प्यान वितरण गरिएको सूचना अधिकारी कुशवाहाले बताए । सरकारले सबै व्यवसाय, सेवा र व्यक्तिगत कारोबारलाई समेत करमा कडाई गरेपछि स्थायी लेखा नम्बर लिनेहरु बढेका छन् । स

रकारले आ.व २०७६/०७७ को बजेट वक्तब्यमा एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । सोही अनुरुप प्यान लिने क्रम बढेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार