• आइतबार, साउन १० २०८३

होटल ब्यवसायमा राहतको प्याकेज घोषणा गर्न साँसद मनकुमारी गुरुङको माग


सोमबार, जेष्ठ २६ २०७७
1.8K
Shares

पोखरा । गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङले प्रदेशभरका होटल ब्यवसायमा राहतको प्याकेज घोषणा गर्न माग गरेकी छिन् ।

आइतबार भएको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै साँसद गुरुङले गण्डकी प्रदेश दशैभरको पर्यटन ब्यवसायको केन्द्रबिन्दु रहेको र यहाँ रहेका होटल ब्यवसायी लकडाउनका कारण विस्थापित हुने खतरा बढेको भन्दै तत्काल राहतको प्याकेज ल्याउन सरकारसंग माग गरेकी हुन ।

तत्कालका लागि भाडामा रहेका ब्यवसायीको घरभाडा मिनाह, बैंक ब्याज मिनाह, तिर्नुपर्ने करको समयसिमा थप गर्नु सरकारलाई उनले सुझाप दिइन् ।

त्यस्तै गण्डकी प्रदेशका अधिकांश जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्दै जादा समेत जिल्ला अस्पतालहरुको स्तरोेन्नती हुन नसकेको भन्दै उनले तत्काल सबै जिल्ला अस्पतालमा मापदण्ड अनुसारको आइसोलेशन, भ्याण्टिलेटर सहितको आइसियु कक्षको ब्यवस्था तथा विशेषज्ञ सहितको जनशक्ति परिचालन गर्न माग गरिन ।

भारतबाट आएका अधिकांश नागरिकहरुको पिसिआर परिक्षण समेत हुन नसक्नु र परिक्षण गरेकाको पनि रिपोर्ट आउन ढिलाई हुनुले गाउँगाउँमा कोरोनाको जोखिम र संक्रमण फैलिने खतरा उच्च रहेकाले बेलैमा ध्यान दिन साँसद गुरुङले ध्यानाकर्षण गराएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार