• शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौ रकम ठगी गर्ने मेनपावरको लाइसेन्स खारेज


बिहिबार, असोज ४ २०८०
1.3K
Shares

काठमाडौँ । बिभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै करोडौ रुपैया ठगी गर्ने एक मेनपावरको लाइसेन्स खारेज भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैया भन्दा बढी ठगी गरेको भन्दै काठमाडौंको सिनामंगलमा रहेको ‘विस एचआर सोलुसन’ को लाइसेन्स खारेज गरेको हो ।

उक्त मेनपावरले कतार, पोल्याण्ड, क्रोएसिया, जापान तथा अमेरिका पठाइदिने भन्दै ४३ जनाबाट सो रकम ठगी गरेको थियो । उक्त रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो ।

लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । उक्त रकम विगो र सोको ५० प्रतिशतले हुन आउने हर्जाना समेत उक्त मेनपावरबाटै असुल उपर गराउन भन्दै विभागले न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको हो ।

उक्त मेनपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम लाइसेन्स खारेज गरिएको र सोही दफा बमोजिम मुद्दा समेत दायर गरिएको विभागले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार