काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको बिरोधमा देशभरका शिक्षकको काठमाडौं केन्द्रित अनिश्चितकालिन आन्दोलन आन्दोलन दोश्रो दिन पनि जारी रहेको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बन्द गरी बुधबारदेखि आन्दोलन सुरु गरेको थियो । दोश्रो दिनको आन्दोलनमा करिब १० हजार शिक्षकहरू सहभागी रहेको अनुमान छ ।
विहिबार बिहान सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको वार्ता निष्कर्ष विहिन बनेपछि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।
अस्थायी शिक्षक लाई स्थायि, विद्यालयमा कार्यरत कर्मचारीको दरबन्दी सिर्जना, बाल कक्षामा कार्यरत शिक्षकहरू, अस्थायी अवधि गणना र निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा विधेयकले सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।
तस्बिरहरू/ सिभिलखबर