काठमाडौँ । वीर अस्पतालले हप्ताको तीन दिन यूरोलोजी ओपीडी सञ्चालनमा ल्याएको छ ।
असोज १ गते देखि हप्ताको आइतबार, मंगलबार र बिहीवार यूरोलोजी ओपीडी सञ्चालन गरिएको र सोमबार, बुधबार र शुक्रबार मृगौला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए ।