• शनिबार, साउन ९ २०८३

काेराेनाबाट गण्डकीमा एक जनाकाे मृत्यु (बिज्ञप्ती सहित)


सोमबार, जेष्ठ २६ २०७७
970
Shares

गाेरखा । गण्डकी प्रदेशमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ ।

स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हाे । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले पुष्टि गरे।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा आईतबार काेराेना पुष्टि भएको थियो ।

आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार बिहान विज्ञप्ती निकालेर निर्देशनालयले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाएको हो ।

हेर्नुस विज्ञप्ती

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार