• शनिबार, साउन ९ २०८३

आन्दोलनका लागि विद्यालय बन्द गरे शिक्षकलाई कारवाही गर्ने काठमाडौं महानगरकाे चेतावनी


बुधबार, असोज ३ २०८०
1K
Shares

काठमाडौं । आन्दोलनका लागि विद्यालय बन्द गरे शिक्षकलाई कारवाही गर्ने काठमाडौं महानगरकाे चेतावनी दिएकाे छ ।

शिक्षा विधेयकमा असन्तुष्टि जनाउदै देशभरका शिक्षक आन्दोलनमा रहेको अवस्थामा काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय बन्द गरे कारवाही गर्ने बताएको हो ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका छन् ।

महानगरले भोलि विद्यालय अनुगमन गर्ने र विद्यालय बन्द गरिएको पाइए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा विधेयकमा काठमाडौं महानगरपालिकाको असहमति भएपनि विद्यालय बन्द गर्ने कार्य भने स्वीकार्य नभएको बताएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार