• आइतबार, साउन १० २०८३

स्वास्थ्य सचिव डा पोखरेलको स्वास्थ्यमा समस्या, मनमोहन कार्डियोथोरासिस सेन्टरमा भर्ना


बुधबार, असोज ३ २०८०
1.3K
Shares

काठमाडौं- स्वास्थ्य सचिव डा रोशन पोखरेलको स्वास्थ्यमा समस्या देखिएको छ। मंगलबार मन्त्रालयकै काममा व्यस्त रहेका डा पोखरेललाई छाति दुख्ने समस्या देखिएको हो।

समस्या देखिएपछि डा पोखरेललाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

अस्पतालमा परीक्षणका क्रममा सचिव डा पोखरेलको मुटुको एउटा नलीमा सामान्य अवरोध देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।

डा पोखरेलले स्वास्थ्यखबरसँग कुरा गर्दै भने, ‘सामान्य ब्लकेज रहेछ। आवश्यक उपचार अगाडि बढाउने कुरा भएको छ। अरु सबै ठिक छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार