• आइतबार, साउन १० २०८३

चिकित्सक कुटिएको विरोधमा आज देशभर आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द


आइतबार, भाद्र ३१ २०८०
930
Shares

काठमाडौँ । नेपाल चिकित्सक संघले हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको कुटपिटका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएकाे भन्दै आज भदौ ३१ गते आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेकाे छ ।

संघले सनिबार एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गर्दै  आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको हाे ।

हेटौडाको सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि गत भदौ २७ गते भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले सोहि दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

संघले घटनाको अविलम्ब छानबिन गरी दोषीलाई कारबाहिको माग गरेको छ ।

संघले घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा मेलमिलाप गराउन लागि परेको आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने घटनामा संलग्न रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार