काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको भेटबार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसंग भएको हो ।
भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।