• शनिबार, साउन ९ २०८३

उच्च अदालतमा ५६ न्यायाधीश पद मध्ये २७ मा नियुक्ति सिफारिस

२९ अझै खाली


शनिबार, भाद्र ३० २०८०
1.4K
Shares

काठमाडौं ।  न्याय परिषदले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद बैठकले खाली भएका ५६ पद मध्ये २७ मा मात्र न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

२७ न्यायाधीशको पद रिक्त भएको वखत बनाइएको मापदण्ड अनुसार छनोटको सूची तयार गरिएकोले पछि रिक्त भएका थप २९ पदमा न्यायाधीश नियुक्त नसकेको हो ।

उच्च अदालतको न्यायाधीशका लागि कार्यसम्पादनमा अब्बल भएका जिल्ला न्यायाधीश, कर्मचारीलाई वरिष्ठताका आधारमा र वर्षमा पाँच वटाका दरले कम्तीमा सय वटा मुद्दामा बहस गरेका र पछिल्लो तीन वर्षसम्म निरन्तर आयकर तिरेका अधिवक्ताहरूबाट आवेदन माग भएको थियो ।

जस अनुसार २७ न्यायाधीशका लागि १८ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवा, सरकारी वकिल र कानुनबाट तीन जना र कानुन व्यवसायीबाट ६ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

यसपछि सिफारिस भएकाहरुलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार