• शनिबार, साउन ३० २०८३

मन्त्रालयको आग्रहमा डा. केसीद्धारा तीन महिनाका लागि अनसन स्थगित


शनिबार, भाद्र ३० २०८०
930
Shares

काठमाडौं । अभियन्ता डा. गोबिन्द केसीले हिजो शुक्रबारदेखि थाल्ने भनिएको अनशन तीन महिनाका लागि स्थगित गरेका छन् ।

स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रको बेथिति अन्त्यको अभियानमा लागेका डा. केसीले शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरुको आग्रहमा डा. केसीले अनशन पछि सारेका हुन् ।

चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाले पदीय दायित्व निर्वाह गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न डा. केसीले समय दिएका हुन् ।

यस अघि साउन २० गते अनशनको घोषणा गरेका केसीले सरकारको अनुरोधमा एक महिना स्थगित गरेको समय हिजो सकिएको हो ।

स्वास्थ्य तथा शिक्षा मन्त्रालयका सचिव तथा कर्मचारीहरु सँगको भेटघाटमा पदाधिकारी नियुक्तिका मापदण्डका लागि कानुनी व्यवस्था गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने लगायतका काम गर्न तीन महिनाको समय मागिएपछि अनसन हाललाई स्थगित गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार