• मंगलबार, भाद्र २ २०८३

काेराेना ब्यवस्थापन गर्न गण्डकी प्रदेशले सबै जिल्लालाई ८० लाख दिने (भिडियाे सहित)


आइतबार, जेष्ठ २५ २०७७
685
Shares

माेहसिन अलि मियाँ

गोरखा। गण्डकी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका ११ वटै जिल्ला प्रशासन कार्यालयलाई ८० लाख रुपैयाका दरले दिने निर्णय गरेको छ ।

काेराेना भाईरसको व्यवस्थापन गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई ८० लाख रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ विनियाेजन गर्ने निर्णय गरेकाे हो ।

आइसोलेसन वार्ड निर्माण, शव व्यवस्थापन तथा परिचालन गर्न प्रत्येक प्रशासन कार्यालय रकम उपलब्ध गराउने निर्णय गरिएको गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशका सबै जिल्लाबाट भौतिक पूर्वाधार मन्त्रालयको सेवा पाइने भएको छ ।

पूर्वाधारका ५, भवन डिभिजनका ३, केन्द्रबाट हस्तान्तरण भएका सडक आयोजनाका २ र पूर्वाधारको कार्यालयको एक गरी ११ जिल्लामा भएका भौतिक पूर्वाधारका कार्यालयलाई कतै एउटै बनाएर त कतै थपेर सबै जिल्लाबाट सेवा लिन लिन पाउने बनाइएको हाे ।

 यो निर्णय आगामी साउन १ गतेदेखि लागु हुने गरी ब्यवस्था मिलाइने मन्त्रिपरिषदले निर्णय गरेको बस्नेतले बताए ।

हेर्नुस भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार