• शनिबार, साउन ९ २०८३

इन्धनको मुल्य बृद्धिः डिजेल र मट्टितेलमामा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो


शुक्रबार, भाद्र २९ २०८०
1K
Shares

काठमाडौं । नेपाल आयल निगमनले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटरको ३ रुपैयाँ मूल्य बढाएको हाे ।

मुल्य बृद्धि पश्चात अव तेश्रो बर्ग अन्तर्गत अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

दोश्रो सुर्खेत र दाङ्ग क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ भने पहिलो बर्ग चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार