• शनिबार, साउन ९ २०८३

शिक्षा विद्येयक माथि शिक्षक महासंघको बिरोध : सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम


शुक्रबार, भाद्र २९ २०८०
2.1K
Shares

काठमाडौँ । संसदमा दर्ता भएको शिक्षा विधेयक माथि शिक्षक महासंघको बिरोध जनाउदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले असोज ३ गतेदेखि विद्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलन अघि विधेयकप्रति आपत्ति जनाउँदै महासंघले माइतीघर मण्डलमा सो विधेयक जलाएको थियो ।

शिक्षक र विद्यालयका कर्मचारीको मुद्दाहरुलाई सम्बोधन नगरीकन संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने गरी विधेयक ल्याएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष कमला तुलाधरले शिक्षककहरुलाई पञ्चायतकाल भन्दापनि अंकुश लगाउने गरी ऐन प्रस्तुत भएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार