• आइतबार, साउन १० २०८३

चिकित्सक कुटिएको विरोध: हेटौंडामा सम्पूर्ण स्वास्थ्य संस्थाका सेवा बन्द


शुक्रबार, भाद्र २९ २०८०
7.3K
Shares

काठमाडौं । चिकित्सक कुटिएको विरोधमा हेटौंडामा सम्पूर्ण स्वास्थ्य संस्थाका सेवा बन्द भएका छन् ।

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द भएको हो ।

उपचारमा खटिने डाक्टर नै कुटिएपछि सुरक्षित महसुस गर्न नसकेको कारण सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गरेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा वाहेकका बन्द रहेको छ ।

घटनाको बिरोधमा हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने तयारी भइरहेको छ ।

बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको थियो । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ  ।

एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको थियो ।

अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

घटनाका विषयमा छनबिन गरी कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले प्रहरी समक्ष उजुरी दर्ता गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार