गोरखा । हिरासतमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ ।
केहि दिन अघि पक्राउ परी जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका पालुङटार नगरपालिका ७ का १७ बर्षिय युवामा कोरोना पुष्टि भएपछि आइतबार नै प्रहरी निरिक्षक सहित २८ जना प्रहरीको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।
स्वाब परीक्षणका लागि आजै (आइतबार) पोखरा पठाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमित युवालाई जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा उपचारका लागि राखिएको छ ।
हिरासतमा रहेका ति युवामा संक्रमण देखिएसंगै आइतबारै पोखराबाट विश्व स्वास्थ्य संगठनका प्रतिनिधी सहित गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको टोली स्थलगत अनुसन्धान र कन्ट्र¥याक्ट ट्रेसिङका लागि गोरखा आएका छन् ।