काठमाडौं । काठमाडौं महानगरपालिकाले असईको फुली आफैले लगाएको भन्दै नगर प्रहरीका ४२ जना हवल्दार निलम्बन गरेको छ ।
गत असार २५ मा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरले निलम्बन गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले महानगरले आधिकारिक कार्यक्रम गरेर मात्रै दज्र्यानी चिह्न वितरण गर्ने भएकोले अनुशासनको उलंघन गरेको भन्दै निलम्बन गरेको बताए ।
नगर प्रहरीले भने बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिए पछि अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् ।