• शनिबार, साउन ३० २०८३

आईतबार २ सय १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५ सय नजिक


आइतबार, जेष्ठ २५ २०७७
815
Shares

पछिल्लो २४ घण्टामा नेपालमा २१३ कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

पछिल्लो २४ घण्टामा मात्रै १०२ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार