• बिहिबार, असोज ८ २०८३

गोरखा सदरमुकामबाट माेटरसाइकल चाेरी


बुधबार, भाद्र २७ २०८०
24K
Shares

गोरखा । गोरखा नगरपालिका वडा नं ८ स्थित बराह मन्दिर नजिकैको एक घरबाट माेटरसाइकल चाेरी भएकाे छ ।

मंगलबार बेलुकी करिव साढे ९ बजे एक घर बाहिर पार्किङ गरेर राखेको ग १९ प ७७७० नम्बरको कालो रातो रङ्को २०० सिसिको अपाची आरटीआरको मोटर साइकल चाेरी भएकाे सवारी धनी सुदिप श्रेष्ठले बताए ।

सवारीधनी श्रेष्ठ गोरखामा कृयाशिल पत्रकार हुन् ।  गोरखा समाचार दैनिकमा कार्यरत श्रेष्ठ समाचारकाे काम सकेर राती करिब साढे ९ बजे हरमटारीस्थित कार्यालयबाट निस्किएर बराहमा साथीकाे काेठामा गएका थिए ।

‘साढे ९ बजेतिर पत्रिकाकाे काम सकेर साथीकाे काेठामा सुत्न गएकाे थिएँ’ उनले भने ‘सधै राख्ने ठाउँमै बाइक राखेकाे हाे, बिहान उठेर जाँदा बाइक छैन ।’

पार्किङमा राखेकाे बाइक नभेटेपछि उनले बुधबार बिहानै जिल्ला ट्राफिक कार्यालयमा जानकारी गराएका थिए । दिनभर खाेजी गर्दा समेत नभेटिएकाे उनले बताए । साथै उनले कहीँ कतै कसैले भेटेमा वा देखेमा नजिकैको प्रहरी कार्यालय अथवा आफ्नाे माेबाइल नम्बर ९८५६००४३०० मा खबर गरिदिन अनुरोध समेत गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले खोजीकार्य भइरहेकहेको जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार