• शनिबार, साउन ९ २०८३

प्रहरी हिरासतमा रहेकालाई कोरोना देखिएपछि ‘डब्लुएचओ’ सहितको टोली गोरखामा


आइतबार, जेष्ठ २५ २०७७
1.1K
Shares

मोहसिन अलि मियाँ
गोरखा ।
एकै दिन १० जनामा कोरोना संक्रमण देखिएपछि अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधी सहितको टोली गोरखा आइपुगेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक सहित गण्डकी गाउँपालिकामा क्वारेन्टिनमा रहेका १० जनामा कोरोना संक्रमण देखिएसंगै स्थलगत अनुसन्धानका डब्लुएचओ र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधी सहितको टोली गोरखा आएको हो ।

‘गण्डकी गाउँपालिकामा रहेकाको खासै समस्या होइन, उहाँहरु क्वारेन्टिनमा बस्नु भएको हो’ स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले सिभिलखबरसंग भने ‘समस्या हिरासतमा रहेकाको हो, उहाँको कन्ट्राक्ट ट्रेसिङ लगायतका कुराहरुको अध्ययन गर्न टोली पठाएका छौ ।’

टोलीमा डब्लुएचओका डा. राजिव लालचन र स्वास्थ्य निर्देशनालयका नानीबाबु दानी सहित २ जना रहेको बताइएको छ ।

टोलीले हिरासतमा रहेका बेला संक्रमितसंग सम्पर्कमा आएकाको खोजी गर्ने, अस्पताल, अदालत लगायतका स्थानमा प्रहरीले पु¥याउदाको अवस्थाको अनुसन्धान गर्ने, हिरासतमा रहदा भएका गतिविधीहरुको अध्ययन गर्ने स्वास्थ्य निर्देशक डा. शर्माले सिभिलखबरलाई बताए ।
टोली जिल्ला भित्रिसकेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार