गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक जना कोरोना संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेशनमा पु¥याइएको छ ।
पालुङटार नगरपालिका ७ घर भएका १७ बर्षिय युवालाई उपचारका लागि गोरखा अस्पतालको आइसोलेशनमा पु¥याइएको हो । आइतबार बिहानै संक्रमण पुष्टि भएका ति युवालाई दिउँसो करिब २ बजे जिल्ला अस्पताल पु¥याइएको बताइएको छ ।
तर संक्रमण देखिएका गण्डकी गाउँपालिकाका ९ जनालाई भने अझै ल्याइएको छैन ।
संक्रमण पुष्टि भएसंगै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले आइतबार बिहान ८ बजे सिभिलखबरसंगको लाइभमा भनेका थिए ‘सदरमुकामबाट दुई वटा एम्बुलेन्स बोलाइएको छ, आइपुग्ने बेला भयो, १० बजे उहाँहरुलाई यहाँबाट पठाउँछौ ।’
तर दिउँसो ३ बजेसम्म पनि गण्डकी गाउँपालिकाका संक्रमित भएको स्थानमा एम्बुलेन्स नपुग्दा आइसालेशनमा ल्याउन ढिलाई भएको बताइएको छ ।
‘केहि प्राविधिक समस्याका कारण ढिलाई हुन पुग्यो’ अध्यक्ष रानाले दिउँसो ३ बजे सिभिलखबरसंग भने ‘एम्बुलेन्स आइपुगेका छन्, अब पठाउने तयारी हुदैछ ।’