• शुक्रबार, भाद्र १९ २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो


आइतबार, जेष्ठ २५ २०७७
750
Shares

विश्वमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ।

वल्र्डओमिटरका अनुसार आइतबार बिहान ६ बजेसम्म विश्वभर गरेर संक्रमणबाट चार लाख एक हजार ६ सय सात जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ६९ लाख ६६ हजार चार सय ९० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजार भन्दा धेरैको मृत्यु भएको छ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर गरेर एक लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा साढे २७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने अमेरिकामा साढे २२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

भारतमा शनिबार १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार