• शनिबार, साउन १६ २०८३

नेपाल टेलिकमको टिकटक च्यालेन्ज : पहिलो हुनेलाई ४० हजार पुरस्कार


सोमबार, भाद्र २५ २०८०
795
Shares

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने टेलिकमले जनाएको छ । सो च्यालेन्ज आइतबार भाद्र २४ देखि आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु। ५०० को टप अप प्रदान गरिने छ ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार