• शनिबार, साउन १६ २०८३

वाणिज्य बैंकले ल्यायो ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ योजना


सोमबार, भाद्र २५ २०८०
960
Shares

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।

सरकारी स्वामित्वको यो बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो ।

बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको हो ।

बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्ध गराउनेछ । ब्याजदर ९.९५ प्रतिशत(सबैभन्दा न्यून) कायम गरिएको छ भने यस्तो लोन लिँदा विद्युतीय गाडीको कुल मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।

प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

बैंकले आपूर्ति आदेश दिएको  १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने विषयलाई विशेष शर्तको रुपमा राखिएको छ ।

भदौ २६ गतेदेखि यस्तो स्किम लागू हुने बैंकले जनाएको छ । पेट्रोलियम पदार्थ खरीदका लागि अत्यधिक विदेशी मुद्रा खर्च हुने भएको उल्लेख गर्दै त्यसलाई घटाउन समेत विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइनुपर्ने सरकारको नीति पछ्याउँदै आफूहरुले यस्तो स्किम सार्वजनिक गरेको बैंकले प्रष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार