• शनिबार, साउन ९ २०८३

सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै विमानस्थलका कर्मचारी आन्दोलनमा


सोमबार, भाद्र २५ २०८०
1.2K
Shares

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सेवा ठप्प पारेका छन् । सोमबार भन्सार जाँचपाससमेत बन्द गरिएको छ ।

सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारी संबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको भन्दै उनीहरूले हिजोदेखि ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका छन् ।

सीआईबीले अहिलेसम्म भन्सारका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार